निशानामा “ठूला नेता”

Sushil-Koirala-in-Chitwanकाठमाडौं, १२ कात्तिक । मंसिर ४ को संविधान सभाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका समुहले यो अभियानमा सहभागी दलका मुख्य नेतालाई आक्रमणको निशाना बनाउने क्रम बढेको छ ।

निर्वाचन आउन २१ दिन मात्रै बाँकी रहेको बेला नेकपा–माओवादी नेतृत्वको मोर्चा, तराईका सशस्त्र भूमिगत समूह तथा अज्ञात समूहले मुख्य उम्मेदवारलाई नै निशाना बनाउन थालेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का नेता डा. बाबुराम भट्टराई, कांग्रेस सभापति सुशिल कोइराला, एमाले सचिव शंकर पोखरल लगायतका नेता माथी आक्रमणका प्रयास भएका छन् । ती समुहले अन्य उम्मेदवार र नेतालाई पनि निशाना बनाएका छन् । प्रचण्ड सहभागी हुने तयारी भएको सिराहाको कार्यक्रममा त सकेट बम नै फेला पर्‍यो ।
उक्त बमलाई सेनाले निष्क्रिय बनाएको थियो । एमाओवादी अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन गएका अधिकांश स्थानमा नेकपा–माओवादीका कार्यकर्ताले अवरोध पुर्‍याउने कोशिश गरे । सोमबार मात्रै अध्यक्ष दाहाल ओखलढुंगा जाने तयारी भएपछि माओवादीले जिल्ला बन्दको घोषणा गरेका थियो । तर दाहाल हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए । यसअघि अध्यक्ष दाहाल पश्चिमका विभिन्न जिल्लाका साथै पूर्वका सुनसरी, पांचथर तथा ताप्लेजुङ जादा ती जिल्लाहरुमा बन्द आब्हान गरिएको थियो । अध्यक्ष दाहालले स्थल मार्ग प्रयोग गर्दा माओवादी कार्यकर्ताले रुख ढालेर समेत अवरोध पुर्‍याउने प्रयास गरेका थिए । एमाओवादीका अर्का नेता डा. भट्टराईको गाडीमा पनि अज्ञात समूहले आगजनी गरेका थिए । भटट्राईले चुनाव प्रचारमा प्रयोग गर्ने ग १ च ५१५४ नम्बरको गाडी रुपन्देहीमा आक्रमणकारीको निशाना बनेको थियो । आक्रमणकारीको निशानामा एमाओवादीका नेता मात्र होइन अन्य दलका नेता पनि पर्न थालेका छन् । सोमवार मात्रै कांग्रेस सभापति सुशिल कोइरालाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । चुनाव प्रचारका लागी प्रयोग गरिएको गाडी आक्रमणकारीको निशाना बन्यो । बांके क्षेत्र नम्बर ३ का उम्मेदवार कोइरालाको भे १ च ९१७ नम्बरको स्कोर्पियो गाडीमा नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालय अगाडी रोकि राखिएको अवस्थामा सोमबार आगजनी भएको हो । सुरक्षाको प्रबन्ध चुस्त छ भनेर सरकारले दावी गरिरहेकै बेला राजधानी काठमाण्डौमा समेत नेताहरु आक्रमणको निशाना बनेका छन् । सोमवार विहान काठमाडौं क्षेत्र नम्वर ५ का उम्मेदवार नरहरि आचार्यको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी गरियो ।
राजधानीमै एमाले नेता राजेन्द्र पाण्डे पनि अज्ञात समूहको निशानामा परेका छन् । नारायणहिटीको उत्तर ढोका नजिकै पार्किङ गरिएको पाण्डेको गाडीमा सोमबार बिहान आगजनीको प्रयास भयो । यसअघि एमाले सचिव तथा दाङ क्षेत्र नम्बर ४ का उम्मेदवार शंकर पोखरेलको गाडीमा पनि अज्ञात समूहले तोडफोड गरेका थिए । उनको बा २ च २७३४ नम्बरको जिप तुल्सिपुरमा तोडफोड गरिएको थियो । अन्य दलबाट उम्मेदवारी पाएका विभिन्न नेताहरु पनि आक्रमणको शिकार भइसकेका छन् । इलाममा एमाओवादी उम्मेदवार रमेश लिङ्देनमाथि आइतबार आक्रमण भएको थियो । उनलाई आक्रमण गर्नेहरु नेकपा –माओवादी कार्यकर्ता भएको एमाओवादीले दाएमाओवादीले दावी गरेको छ । कुटपिटबाट लिङ्देनको खुट्टामा चोट लागेको छ ।
केही क्षेत्रमा त निर्वाचनमा सहभागी दलका कार्यकर्ताहरु विच नै झडप भएका छन् । कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवाहरु असुरक्षित महशुश गर्दै चुनावी अभियानमा समेत सहभागी हुन नसकेको बताइन्छ । संविधानसभा बहिष्कारको घोषणा गरेको नेकपा–माओवादी सहितको मोर्चाले यस अघि नै कात्तिक २५ देखि मंसिर ५ सम्म आमहडतालको घोषणा गरिसकेको छ । माओवादीका एक केन्द्रीय नेताले बहिष्कारको आन्दोलन अझै बढेर जाने दावी गरे । केही दिन अघि मात्र राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष मोहन वैद्यले आन्दोलन सशक्त भएपनि हातहतियार प्रयोग नहुने दावी गरेका थिए । वैद्यले निर्वाचनको ढटेर बहिस्कार गर्ने तर सेना र प्रहरीसंग भने नभिड्ने बताएका थिए । नेकपा माओवादीले आफना नेता र कार्यकर्तालाई निशाना बनाउन थालेपछि एमाओवादीले पनि डटेर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया