मतदाता घटे

Elecatation Commisationकाठमाडौ, ११ कार्तिक । पहिलो संविधानसभा निर्वाचन भन्दा दोस्रो निर्वाचनमा ५४ लाख भन्दा बढी मतदाता घटेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार पहिलो निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता थिए भने दोस्रो निर्वाचनमा घटेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता मात्र कायम भएका छन् । ६ बर्ष पछि भएको निर्वाचनमा मतदाताको संख्या बढ्नुको सट्टा ५४ लाख ६३ हजार ९ सय ६७ मतदाता कम भएका छन् ।

निर्वाचन आयोगले यसबर्ष फोटो सहितको मतदाता नामवली संकलन गरेका कारण साढे ५४ लाख मतदाता कम भएका हुन । नामावली सुरु गर्दा वैदेशिक रोजगारी र अन्य कारणले ठुलो समुह अनुपस्थित भएको आयोगले जनाएको छ ।
कतिपय मतदाताले दुई ठाउँबाट फरक निर्वाचन क्षेत्रका लागि फोटो खिचाए पनि त्यस्ता नाम अध्यावधी गर्दा मतदाता संख्या घटेको आयोगले जानकारी गराएको छ । दुई ठाउबाट नामावली दर्ता गराउनेको संख्या ५९ लाख ८० हजार पुरुष र ६१ लाख ६६ हजार महिला मतदाता रहेका छन् । यस पटक भक्तपुर–२ मा सबैभन्दा बढि मतदाता ८२ हजार २ सय १८ छन् भने सबैभन्दा कम मनाङगमा ४ हजार ७ सय ९५ मतदाता रहेका छन् ।
कही मधेशी दल र संघीय समाजवादी पार्टी चुनावी प्रक्रियामा सहभागि भएपछि निर्वाचन आयोगले १ देखि ८ भदौसम्म अन्तिम मतदाता नामावली संकलन गरेको थियो । उक्त समयमा केही मतदाताको नामावली अध्यावधि गरिएको थियो ।

प्रतिक्रिया