माओवादी कार्यकर्तालाई सार्वजनिक मुद्दा

कैलाली : कैलालीको लम्कीमा बिहीवार साझ निर्वाचन आचारसंहिता विपरित रााके जुलुस निकालेको भन्दै नेकपा–माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । स्थानीय प्रशासनको अनुमति नलिई आचारसंहिता विपरित रााके जुलुस निकालेको भन्दै बलिया गाविस ८ लम्कीका ३० वर्षीय ध्रुव सन्ज्याल र २४ वर्षीय पुरन रावतलाई पक्राउ गरी केही सार्वजिनक अपराध अन्तरगतको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सन्ज्याल बलिया गाविस इन्चार्ज र रावत थारुवान राज्यसमिति सदस्य रहेको माओवादीका कैलाली सेक्रेटरी महेश बडुवालले बताए ।

प्रतिक्रिया