तामाकोशीमा एमाओवादीको भागबन्डा

चरिकोट, ११ कात्र्तिक । एमाओवादीले दोलखाको लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको १० प्रतिशत शेयर सहिद तथा बेपत्ता परिवारको नाममा बाडफाड गर्ने तयारी गरेको छ । शहिद परिवारको नाममा आफ्ना कार्यकर्तालाई शेयर प्रदान गर्ने आशंका अन्य दल र दोलखाबासीको रहेको छ । एमाओबादीको घोषणापत्रमा नै यो कुरा उल्ल्ेख भए पछि दोलखाबासीले यसलाई आयोजनाको स्वामित्वबाट आफूलाई बञ्चित गराउने प्रपञ्चको रुपमा बुझ्न थालेका छन् ।

तामाकोसीको शेयरमा नेपाल बिद्युत प्राधिकरणस र लगानी ऋण संझौता गरेको अनय सस्था विच शेयर बाडँफडं गरी १० प्रतिसत शेयर दोलखाबासीलाई दिने निर्णय यसअघि नै भइसकेको छ । बाकी सेयर लगानी ऋण सम्झौता गरेका प्राधीकरण सहित नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले बाकी ९० प्रतिसत शेयर बाडफाड गर्ने निर्णय भएको थियो ।
‘बेपत्ता तथा शहिद परिवारलाई माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा १० प्रतिशत शेयर उपलब्ध गराइने छ,’ एमाओवादीको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया