दुव्र्यवहारको सर्वत्र विरोध

दशरथ रंगशालामै पत्रकारमाथि भएको दुव्र्यवहारले खेलकुद क्षेत्रलाई नै स्तब्ध बनाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार दिवस गुरागाईंले जारी गरेको विज्ञप्तिमा सदस्यसचिव युवराज लामाले घटनाको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । बुधबार एएफसी यू–१६ का दौरान नेपाल र बहराइनबीचको खेलको समाचार संकलन गर्न पुगेका खेलकुद पत्रकारलाई सुरक्षाको जिम्मा पाएको गरुड सेक्युरिटीका कर्मचारीले रंगशाला प्रवेशमा रोक लगाएका थिए ।
समाचार संकलनमा रोक लगाइएपछि घटनाको छानबिन गर्दै एन्फाले माफि नमागेसम्म सञ्चारकर्मीले खेलको नतिजाबाहेक खेलसँग सम्बन्धित बाँकी समाचार बहिस्कार गर्ने निर्णय गरेका छन् । घटनाको विरोध गर्दै यसअघि नै नेपाल खेलकुद पत्रकार मञ्च र दक्षिण एसियाली खेलकुद पत्रकार संघले विज्ञप्ति जारी गरिसकेका छन् ।

प्रतिक्रिया