असोज, ५ असोज । नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले ठूला दलका प्रमुख नेताहरुलाई ‘दौडीरहेका लाहुरे’को संज्ञा दिएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा संयोजक यादवले प्रमुख नेताहरुको दौडीरहने बानीले गर्दा मुलुकमा राजनीतिक स्थायित्व आउन नसकेको बताए । ‘ठूला दलका प्रमुख नेताहरु दौडीरहेको लाहुरे हुन्,’ उनले भने ।
उनले नेपाल भुुटानीकरण भन्दा अघि बढेको बताए । ‘भुटानीकरण भएको छ,’ उनले भने, ‘मालिकले फिजीकरण र सिक्किमीकरण कहिल्यै गर्दैन ।’ भारतले नेपाललाई सधैं आफ्नो कब्जामा राखेर खेलाउन चाहेको आरोप उनले लगाए ।
बसीखाने र गरी खाने वर्गबीचको संघर्षमा कम्युनिष्ट नेताहरुले धोका दिएको संयोजक यादवले बताए । ‘भारतीय शासक वर्गको इशारामा चलेका कारणले नेपाली जनताले दु:ख खेप्न परिरहेको छ,’ उनको भनाई छ ।
संयोजक यादवले अहिले पनि मुलुकमा सशस्त्र जनआन्दोलनको आवशयकता भएको बताए ।
प्रतिक्रिया