काभ्रे, ५ असोज । काभ्रे जिल्लामा १५ वर्षीय बालिकाको गर्भबाट जन्मिएको शिशुको हत्या भएको छ । हत्या पछि स्थानीय युवक फरार भएका छन् ।
वृता देउराली–७ का सुरज थापाले शुक्रबार दिउँसो नवजात शिशुको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । शिशुको हत्या पछि सुरज फरार भएका छन् । उनको खोजतलास जारी छ ।
स्थानीय स्वस्थानी थापाको गर्भबाट शिशु जन्मिने बित्तकै घरमा पुगेका सुरजले घाँटी थिची हत्या गरेका हुन् । शिशुकी आमा स्वास्थानीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरज र स्वास्थानीबीच झाँगिएको प्रेम र यौन सम्बन्ध पछि शिशुको जन्म भएको थियो । शिशु जन्मिए पछि सुरज आक्रोशित भएका थिए । (फाईल तस्विर)
प्रतिक्रिया