खोसिएको पदक

Lance_Armstro_t640ज्युरिच आजीवन प्रतिबन्धमा रहेका साइकिलिस्ट लाहन्स आर्मस्ट्रङले ओलम्पिक पदक फिर्ता गरेका छन् । आर्मस्ट्रङले सन् २००० मा सिड्नी ओलम्पिकमा कांस्य जितेका थिए । उनले अमेरिकी ओलम्पिक कमिटीलाई आफ्नो पदक फिर्ता गरेका हुन् । जुन पदक अब अमेरिकी अधिकारीहरूले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)मा फर्काउनेछन् । यसअघि गत जनवरीमा नै आइओसीले ओलम्पिक पदक फिर्ता गर्न आर्मस्ट्रङलाई आग्रह गरेको थियो । ड्रग्स सेवन गरेको पुष्टि भएपछि ४१ वर्षीय आर्मस्ट्रङलाई गत अक्टोबरमा कारबाही गरिएको थियो । उनले जितको सातवटा टुर दी फ्रान्स उपाधिसहित साइकिलिङका सबै अन्तर्राष्ट्रिय उपाधि उनीबाट खोसियो । लामो समयपछि प्रतिबन्धित औषधि सेवन गरेको स्वीकार गरेका आर्मस्ट्रङलाई अन्तर्राष्ट्रिय साइकिलिङ युनियनले आजीवन प्रतिबन्ध लगाएको छ । सिड्नी ओलम्पिकमा रुसका भियाच्लेस्लाम इकिमोभले स्वर्ण र जर्मन जान युलरिचले रजत जित्दा आर्मस्ट्रङले कांस्य हात पारेका थिए । आर्मस्ट्रङले फिर्ता गरेको पदक आइओसीको मुख्यालय स्विजरल्यान्डस्थित ओलम्पिक संग्रहालयमा राखिनेछ ।  (एजेन्सी)

प्रतिक्रिया