पूर्वाधार बिनानै ‘खुल्ला दिशामुक्त’ अभियान

Sarbajanik-Souchalayaराजविराज, १४ भदौ । पूर्वाधार विकास बिनानै सरोकारवालाहरुले सप्तरी जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा लागेका छन् । सो अभियानको जिल्लावासीले खासै महत्व दिएका छैनन् ।
अभियानकर्ताहरुले सन् २०१६ सम्ममा सप्तरीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । अभियान चलिरहेका बेला राजविराज नगरपालिकामा भने एउटा मात्रै सार्वजनिक शौचालयले हज्जारौ सर्वसाधारणलाई धान्न बाध्य छ ।
मालपोत रोडमा रहेको सो शौचालय पनि दैनिय अवस्थामा छ । नगर क्षेत्रमा तीन वटा शौचालय भए पनि दुई वटा बन्द रहेको शाखा अधिकृत प्रफुल श्रेष्ठले बताए । राजविराज मुलुककै पुुराना नगरपालिकामा पर्छ ।
नगर क्षेत्रमा दिशा/पिसाव गर्नु परे स्थानीयले घरको भित्ताको आड लिएर ‘शौच’ गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । शौचालयका कारण सर्वसाधारणले सास्ती बोहोर्दा पनि नगरपालिका बेखवर छ ।
नगर क्षेत्रमा सार्वजनिक शौचायल नहुँदा/नहुँदै पनि सरोकारवालाहरु जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियामा जुटेका छन् । पहिला शौचालय निर्माण गर्नुका साथै पूर्वाधार बनाएर मात्रै खुल्ला दिशा मुक्त जिल्ला बनाउन लाग्नु पर्ने सुझाव स्थानीयको छ ।
‘झाराटार्ने’ भन्दै अभियानलाई स्थानीयले खासै चासो नदिएको गुनासा आउन पनि थालेका छन् ।
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गराउने अभियानमा लागी सकेको छ । अभियान शुरु भएको तीनमहिना वित्न लागेको छ । अभियानको महसुस स्थानीयले अझै गर्न सकेका छैनन् ।
शहरी विकास मन्त्रालयका सचिव किशोर थापा र स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले सार्वजनिक गरेको प्रतिवेदनले समेत जिल्लामा करीव २० प्रतिशत् घरधुरीले मात्र शौचालय प्रयोग गर्ने गरेको उल्लेख छ ।
नगरपालिकामा सार्वजनिक शौचालय नभएकै कारण सदरमुकाम आउने सर्वसाधारणले हैरानी ब्यहोरी रहेको राजविराज–१ का स्थानीय भूवनेश्वर राउतले बताए । ‘शौचालय नबनाउँदा नगर दुर्गन्धित हुँदै गएको छ,’ राउतले भने ।
राजविराजमा शौचालय नपाएपछि सर्वसाधारणले आसपासका घरका भित्तामा छलिएर ‘शौच’ गर्ने गरेको स्थानीयको गुनासो छ । राजविराजका अभिकांश घरका भित्तामा ‘दिशा/पिसाव गर्न मनाहि छ’ भन्ने लेखिएका छन् ।

प्रतिक्रिया