होटल व्यवसायी राधिका र छाराको हत्या

दोलखा, ७ भदौ । दोलखा जिल्लामा होटेल सञ्चालिका राधिका श्रेष्ठ र उनका १३ वर्षीया छोरा सन्देश श्रेष्ठको अपरिचित Hatya 2समूहले हत्या गरेको छ ।
४० वर्षीय राधिकाले बोचको चरङ्गे–१ मा होटल सञ्चालन गर्दै आएकी थिईन् । उनीहरुलाई बिहीबार राति अपरिचित समूहले हत्या गरेको प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिए ।
राधिका र उनका छोरा सन्देश आज (शुक्रबार) विहान अबेरसम्म नउठे पछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
राधिकाको शव मझेरीमा लडेको अवस्थामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । छोरा सन्देशको शव खाटमा सुतेकै अवस्थामा थियो । सन्देशको घाँटीमा चोट लागेको दाग देखिएको छ ।
निरीक्षक राईका अनुसार बिहीबार राति आमा–छोरालाई घर भित्रै अपरिचित समूहले हत्या गरेको बताए । उनले भने, ‘घटनाको प्रकृति अनुसार आमाको टाउकोमा र छोरालाई घाँटीमा थिँचेर हत्या भएको छ ।’
राधिकाका पतिको २ वर्ष अगाडि मृत्यू भएको थियो । राधिक आफ्ना १३ वर्षीय छोरासँग सामान्य होटल चलाएर बस्दै आएकी थिईन् ।
हत्याका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया