काठमाडाैँ । प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रे १ बाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण ती मजदुरको ज्यान गएको बताए । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा-१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार मृत्यु भएको थियो ।
‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ ।’ उनले थपे, ‘त्यसको सत्यतथ्यको छानबिन होस् ।’
प्रतिक्रिया