प्रतिगामीलाई फाईदा पुग्छ : भट्टराई

baburam-bhattarai-gकाठमाडौं, ३ भदौं । एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले तोकिएको समयमा चुनाव हुन नसके मुलुक प्रतिगमको चंगुलमा फस्ने दाबी गरेका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा नेता भट्टराईले कुनै पनि बाहानामा चुनाव सार्न नहुने बताए । ‘मंसिर–४ गतेको निर्वाचन सार्दा प्रतिगामीलाई मात्रै फाइदा पुग्छ,’ उनले भने ।
नेता भट्टराईले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सहभागितामूलक लोकतन्त्र, समावेशी समाज व्यवस्था र गरीबी न्यूनिकरण जस्ता विषयमा प्रमुख दलहरुबीच सहमति खोजेर निर्वाचनमा जानुपर्ने बताए ।

प्रतिक्रिया