सरकार परिवर्तनमा वार्ता हुँदैन : खनाल

Jhala-Nath-Khanalकाठमाडौं, ३ भदौ । एमालेका अध्यक्ष झलनाथ खनालले आन्दोलनरत दलहरुसँग सरकार परिवर्तनको बुँदामा वार्ता नहुँने बताएका छन् ।
काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आज (सोमबार) पत्रकारसँग कुरागदै अध्यक्ष खनालले भने, ‘सरकार परिवर्तन र मंसिर–४ गतेको निर्वाचन सार्ने बुँदामा कसैसँग वार्ता हुँदैन ।’
अध्यक्ष खनालले भदौ मसान्त सम्म मात्रै असन्तुष्ट पक्षसँग वार्ता गर्ने बताए । असोजदेखि उम्मेद्वार तय गरेर अघि बढ्नु पर्ने उनको भनाई छ ।
वार्तामात्रै गरेर मुलुकले निकास नपाउने अध्यक्ष खनालको भनाई छ । ‘असन्तुष्टसँग जारी वार्तालाई तत्काल टुङग्याएर मुलुकलाई निर्वाचनमा केन्द्रित गर्नु पर्छ,’ खनालको भनाई छ ।
अध्यक्ष खनालले यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बस्नेतको नाम नलिएका उनले भने, ‘गुण्डागर्दी, अनुशासनहीन र अराजकहरुलाई कारवाही गर्छु ।’
यूवा संघभित्र देखिएको गुण्डागर्दी र अराजकता विरुद्ध एमाले नेतृत्व चिन्तित रहेको बताए ।

प्रतिक्रिया