दस अर्बको कारोबार लक्ष्य

राजु भेटवाल क्षत्री, उपाध्यक्ष, एसजी ग्लोबल प्रालि

भारतीय कम्पनी महिन्द्रा टु ह्विलर्सका नेपालका लागि आधिकारिक स्कुटर बिक्रेता एसजी ग्लोबल प्रालिका उपाध्यक्ष राजु भेटुवाल क्षत्रीले २०५० सालमा टोयोटा मोटरको नेपालका लागि अधिकृत बिक्रेता वैद्य अर्गनाइजेसनमा जुनियर लेभलबाट जागिर सुरु गरेका थिए । राम्रो काम गरेका कारण छोटो समयमै उनको प्रमोसन भयो । ६ महिनामै टोयोटाका हाइलक्स, कोरोल्लालगायतका ९६ वटा गाडी बेचेर कीर्तिमान कायम गरेको अहिले उनी सम्झन्छन् । टोयोटाको उत्पादन कम्पनी जापानबाट पनि उनलाई बोलावट आएको थियो, तर संस्थाभित्रकै आन्तरिक कारणले जान पाएनन् । आफ्नो करिअर निर्माणमा व्यवसायी सुरज वैद्यले लगाएको गुन उनी भुल्न चाहदैनन् ।
टोयोटामा जागिर सुरु गर्दा क्षत्री २२ वर्षका लक्काजवान थिए । गोर्खापत्रमा ‘भ्याकेन्सी’ देखेर जागिरका लागि गएका थिए उनी । अंगे्रेजी राम्रै देखेर अर्गनाइजेसनका तत्कालीन अध्यक्ष स्व. विजय गजानन्द वैद्यले जागिर दिएका थिए उनलाई । त्यतिखेर ‘सेल्स एक्ज्युकेटिभ’ को नियुक्ति पाएका थिए उनले । टोयोटाबाट यामाहा, बजाज हुदै महिन्द्रामा आइपुगेका क्षत्री करिअरका लागि जागिर परिर्वतन गर्नु राम्रो हुने बताउछन् । त्योबेला टोयोटामा महिनाको आठ हजार रुपिया तलब खान्थे उनी । तर, अहिले लाखौ कमाउछन् । ‘यो मेरो परिश्रमको फल हो,’ उनी भन्छन् । दुईपांगे्र सवारीमा प्रतिस्पर्धीहरू आफूसग डराउने उनी बताउ छन् । मध्यमवर्गीय परिवारका राजुको पृष्ठभूमि भने व्यापारिक थिएन । एक छोरा र दुई जुम्ल्याहा छोरीका बाबु क्षेत्रीका थुप्रै महत्वाकांक्षी योजना छन् । तीन वर्षमा कम्पनीलाई दस अर्बको मालिक बनाउने लक्ष्य छ यनको । ‘जहा काम गरे पनि राम्रो नतिजा दिन्छु,’ उनी दाबी गर्छन् ।
सन् १९९८ जनवरीमा बजाज मोटरसाइकल गोल्छा अर्गनाइजेसनले लिएपछिको पहिलो कर्मचारी थिए उनी । २००९ मा त्यो जागिर छोड्दा दुई सय १७ जना कर्मचारी थिए । वार्षिक कारोबार साढे चार अर्ब रुपिया“ पुगेको थियो । उनले सुरु गर्दा चार प्रतिशत रहेको बजारहिस्सा छोड्दा ४१ प्रतिशत पुगेको थियो । राजुले यामाहामा पनि दुई वर्ष काम गरे । त्यतिखेर यामाहाको एकलौटी बजार थियो । मोटरसाइकल आरएक्स १०० खुब चलेको थियो । २०५२ ०५३ तिर यामाहाको बजारहिस्सा ७० प्रतिशतसम्म पुगेको उनी सम्झन्छन् । २०५४ मा सरकारले टु स्ट्रोक इन्जिनयुक्त मोटरसाइकलमा प्रतिबन्ध लगाएपछि भने यामाहाको बजार खस्कियो ।
यामाहामा हुदा नै उनले बजाजको पूरा सूचना लिइरहेका हुन्थे । बजाज इन्डियाका मान्छे आएर उनीसग सूचना लिन्थे । कम्पनीमार्फत नै उनी नेपालको बजाज प्रतिनिधि नियुक्त भए र पछि गोल्छा अर्गनाइजेसनले उनलाई लियो ।
एसजी ग्लोबलले सात महिनाअघि अर्को कम्पनीबाट अधिकृत बिक्रेताको ‘अथोरिटी’ लिएको हो । कम्पनीले लिदा १४ वटा डिलर थिए । त्यसमध्ये पाचवटा एसजी ग्लोबलमा आएनन् । अन्य प्रतिस्पर्धीका कम्तीमा ६० वटा डिलर भएकोले बजार विस्तार गर्न केही गाह्रो भएको क्षत्री बताउछन् । अहिले कम्पनीका मुख्य सहरमा समेत गरी २२ डिलर छन् र अन्य सहरमा खुल्ने क्रममा छन् ।
एसजी ग्लोबलले गत कात्तिकदेखि महिन्द्राद्वारा उत्पादित स्कुटर बेचिरहेको छ । यी सबै एक सय २५ सिसी क्षमताका हुन् । कम्पनीमार्फत ड्युरो, रोडियो र लाइट गरी तीन मोडलका स्कुटर बजारमा उपलब्ध छन् अहिले । तिनको मूल्य एक लाख ४६ हजारदेखि एक लाख ६२ हजार रुपियासम्म पर्छ । ‘ड्युरो फेमिली स्कुटर हो भने लाइट युवालक्षित छ । त्यस्तै रोडियो भने सबै वर्गलाई उपयुक्त छ,’ आºना उत्पादनबारे उनले बताए । तीन वर्षभित्र प्रतिस्पर्धीका हाराहारीमा आउने दाबी उनको छ । सञ्जाल विस्तार र डिलर मोटिभेसन उनको रणनीति हो । एसजी ग्लोबल शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । यसले दुई र चार पांग्रे सवारी साधन, सार्प ब्रान्डका इलेक्ट्रोनिक सामान तथा लुब्रिकेन्ट्स आयात गरेर बिक्री गर्छ । दुई पांग्रे सवारी बजारको ठूलो हिस्सा मोटरसाइकलले ओगटेको भए पनि स्कुटरको माग पनि क्रमशः बढिरहेको उनी बताउछन् । सार्वजनिक सवारी प्रभावकारी नभएको नेपालजस्तो मुलुकमा निजी सवारीको आवश्यकता बढिरहने भएकाले बजार नघट्ने उनको निष्कर्ष छ ।
महिन्द्राका स्कुटर बेच्ने राजु आफू चाहि सुजुकी स्विट गाडी चढ्छन् । मोबाइलमा नोकिया उनको रोजाइ हो । आफू गार्डेनिङको सौखिन रहेको उनी बताउछन् । उनले करिब आधा रोपनी जग्गा गार्डेनिङका लागि छुट्याएका छन् । त्यसका लागि एकजना माली पनि राखेका छन् । कहिलेकाही आफू पनि गार्डेनमा पस्छन् र काम गर्छन् । बिहानबेलुका आफै पानी हाल्छन् । घरमा अफिसको काम नगर्ने उनको बानी छ । इन्टरनेटसम्म जोडेका छैनन् रे घरमा उनले । भारतको सिक्किम मामाघर भएकाले उनले दार्जिलिङमा पढे । मेजर इङ्लिसमा स्नातक गरेका क्षत्रीलाई केहिलेकाही पढाइ कम भएको फिल हुन्छ रे ।
प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा 

प्रतिक्रिया