कम्युनिष्ट पार्टीका संस्थापकको निधन

Narbadhur-Karmacharya-Maoकाठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित कर्मचार्ययको उपचारका क्रममा काठमाडौंको बागबजारस्थित मोडल अस्पतालमा आज (बुधबार) बिहान ५ बजेर ६ मिनेटमा निधन भएको एकीकृत माओवादीद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । कर्मचार्यलाई पीत्त नलीमा क्यान्सर रोग देखिए पछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
विक्रम सम्वत १९८१ कात्तिक–१४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट ललितपुरमा उनको जन्म भएको हो । आफ्नी आमाबाट उनका एकभाइ लक्ष्मण कर्माचार्य र एकबहिनी कमला कर्माचार्य Nar bdr, Prachand n Narayan kajiछन् ।
अर्की सानीआमाका तर्फबाट भाइहरु मुकुन्द कर्माचार्य, तेजबहादुर कर्माचार्य, हरि कर्माचार्य र बहिनी गीता श्रेष्ठ पनि छन् ।
कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले कर्मचार्य २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा बिरोधी आन्दोलनमा सक्रिय भएका थिए । मजदुर आन्दोलनमा सक्रिय हुने क्रममा उनी जेल परेर निर्वासन भएको एमाओवादीले जनाएको छ ।
Narbahadur Karmacharyaक्रान्तिकारी पार्टी निर्माणमा लाग्न १९४९ को चिनियाँ क्रान्ति र भारतको तेलङ्गाना किसान बिद्रोहले कर्माचार्यलाई प्रेरित गरेको थियो । पुष्पलालको नेतृत्वमा कर्माचार्यसहित नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्य मिलेर १९४९ अप्रिल–२२ मा कलकत्ताको बडा बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका भएको थियो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष हुन् । पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लागेका कर्माचार्य २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा चिर्वाचित भएर जिम्मेवारी सम्हालेका थिए ।
लामो समय जनमोर्चा नेपालमा रहेका नेता कर्मचार्य पार्टी एकीकरणसँगै एकीकृत माओवादीमा आवद्ध थिए ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि पछि आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । (तस्विर सौजन्य प्रकाश दाहाल)

प्रतिक्रिया