अधुरो क्रान्तिलाई पुरा गर्नुपर्छ : गुरुङ

Dev-Gurungकाठमाडौं, ६ साउन । नेकपा–माओवादीका सचिव देव गुरुङले अधुरो क्रान्तिलाई पुरा गर्नुपर्ने दोहर्‍याएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रमा नेता गुरुङले भने, ‘कम्युनिष्टहरुले विगतमा राजा र कांग्रेसले नगरेको आत्मसमर्पण, दलाली र गद्दारी गरेका छन् ।’
उनले अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख कार्यभार राष्ट्रिय मुक्ति आन्दोलन पुरा गर्नुपर्ने रहेको बताए ।
‘राष्ट्रिय मुक्ति आन्दोलन सफल गर्नु भनेको नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नु हो,’ गुरुङले भने, ‘कम्युनिष्ट आन्दोलनका आत्मसमपर्णकारी, दलाल र गद्दारहरुलाई नाङ्गेझार पार्नुपर्छ ।’
नेकपा (माओवादी) का संयोजक मातृका यादवले नेपाली जनता र कम्युनिष्ट पार्टीको प्रधान अन्तरविरोध खुट्याएर जानुपर्ने बताए । उनले पुष्पकमल दाहालको समूहको दलाली र गद्दारी तोड्न सक्नु पर्ने बताए ।’

प्रतिक्रिया