जिपी कोइराला स्मृति कराते हुने

काठमाडौं : नेपाल सितोरियो कराते संघ, भंैसीपाटी शाखा डोजो र दीपकुञ्ज स्कुलको संयुक्त आयोजनामा दोस्रो जिपी कोइराला स्मृति उपत्यकाव्यापी सितोरियो
कराते प्रतियोगिता १७ असारदेखि सुरु हुँदै छ ।
भंैसीपाटीमा हुने प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रेम साहले जनाएका छन् । दुईदिने प्रतियोगितामा पुरुष र महिलामा जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
जंग र नवराज फाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल वायु सेवा निगमका जंगबहादुर चन्द र एसबीआईका
नवराज जोशी चौथो सार्वजनिक संस्थान ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा जंगले कृषि विकास बैंकका तुलसी सुवेदीलाई २१–१० र २१–१० तथा नवराजले नेपाल बैंक लिमिटेडका पूर्णवीर बज्राचार्यलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
र्जनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा एनसेलकी ज्योति प्रधान र नेपाल टेलिकमकी गुड्डी कार्की फाइनलमा पुगे । ज्योतिले नेपाल विद्युत् प्राधिकरणकी प्रविना क्षेत्रीलाई २१–८ र २१–७ तथा गुड्डीले विद्युतकी डिफेन्डिङ च्याम्पियन अञ्जु अधिकारीलाई १८–२१, २१–११ र २१–१७ को सेटमा पाखा लगाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको मिक्स डबल्समा विद्युत्का अन्जु अधिकारी र राजु महर्जनको जोडीले विद्युत्कै शान्तिलक्ष्मी शाक्य र होमनारायण बेल्वासेको जोडीलाई २१–११ र २१–९ तथा एसबीआईका श्रृष्ति भट्ट र नवराज जोशीको जोडीले विद्युत्का प्रविना क्षेत्री र श्रीप्रसाद धिमालको जोडीलाई २३–२१, १८–२१ र २१–८ ले पन्छ्याउँदै फाइनल यात्रा तय गरे ।
पुरुष डबल्समा विद्युत्का राजु महर्जन र उमेश भण्डारीको जोडीले एसबीआईका नवराज जोशी र कमलदेव शर्माको जोडीलाई २१–८ र २१–१६ तथा नेपाल बैंकका मनोज बस्नेत र पूर्णवीर वज्राचार्यको जोडीले विद्युत्का श्रीप्रसाद धिमाल र खेमप्रसाद सुवेदीको जोडीलाई २३–२५, २१–१८ र २१–११ ले पराजित गरी फाइनलमा स्थान पक्का गरे । (सौस)

प्रतिक्रिया