इमेजलाई मिडिया कप फुटबल उपाधि

काठमाडौं : इमेज च्यानलले छैटौँ भर्जिन मिडिया कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा इमेजले डिफेन्डिङ च्याम्पियन नेपाल टेलिभिजन९एनटिभी०लाई ६–० ले हरायो ।
उपाधिसँगै इमेजले गत संस्करणको फाइनलमा एनटिभीसँग बेहोरेको हारको बदला पनि लियो । इमेजले ५० हजार र एनटिभीले २५ हजार नगद पुरस्कार जिते । इमेजको जितमा सम्बन्ध प्रधान र माधव भण्डारीले २–२ गोल गरे । पुजन श्रेष्ठ र सुनील ताम्राकारले १–१ गोल थप्दै इमेजको जित फराकिलो अन्र्तरको बनाए । फाइनलअघि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र सगरमाथा आरोहीबीच मैत्रीपूर्ण खेल भएको थियो । त्यसमा खेलाडी संघ ७–१ गोलले विजयी भयो । खेलाडी संघका तर्फबाट सुनील लामा, दीपक श्रेष्ठ र दीपक विष्टले २–२ गोल गरे भने थप १ गोल मन्डेकाजी श्रेष्ठको नाममा रह्यो । आरोहीका प्रकाश दाहालले सान्त्वना गोल फर्काए ।
नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा इमेजका सम्बन्ध उत्कृष्ट खेलाडी घोषित भए भने इमेजकै पुजन प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । एनटिभीका सञ्जिव सिल्पकार उत्कृष्ट गोलरक्षक चुनिए । रेडिया नेपालले ‘फेयर प्ले’को उपाधि हात पार्‍यो । चारै विधाका विजेताले ५–५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, अखिल नेपाल फुटबल संघका महासचिव धीरेन्द्र प्रधान, टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसनका अध्यक्ष आरके मानन्धर तथा संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले पुरस्कार प्रदान गरे ।
उक्त अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार र मिडिया कपको सुरुआत गर्ने गोरखापत्रलाई सम्मान गरिएको थियो । संग्राहलयका अध्यक्ष श्रेष्ठले आगामी दुई वर्षमा दक्षिण एसियाली मिडिया कप फुटबल आयोजना गर्ने घोषणा गरे । ९सौस०

प्रतिक्रिया