राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा ३० जिल्लाका खेलाडीको प्रतिस्पर्धा

काभ्रे । नेपाल सोतो कान कराते डो एशोसिएसन, काभ्रे (SKDUN) को आयोजनामा राष्ट्रियस्तरको खुल्ला कराते प्रतियोगिता पाँचखालमा सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रम नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा र (SKDUN) काभ्रेका अध्यक्ष विशाल घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक तथा कन्ट्री डाइरेक्टर धिर्जेमान तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए भने पाँचखाल–३ का वडाध्यक्ष सुन्दर अधिकारी, वडा–६ का अध्यक्ष रामशरण दुलाल, वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री चित्रप्रसाद श्रेष्ठ, नेपाल सोतो कान निहोन कराते डो संघकी अध्यक्ष मुना आले मगर तथा संघका काठमाडौं जिल्ला सदस्य भवानी दंगाललगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

३० जिल्लाका ३५ टिम सहभागी

करिब ३० जिल्लाका ३५ टिमको सहभागितामा सम्पन्न प्रतियोगितामा ३०० भन्दा बढी खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको उल्लेखनीय उपस्थिति थियो । प्रतियोगिता विभिन्न तौल समूह र उमेर वर्गमा सञ्चालन गरिएको थियो, जसले प्रतियोगितालाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनायो । उद्घाटन सत्रम (SKDUN) काभ्रेका उपाध्यक्ष मोहन गजुरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन भोलानाथ सापकोटाले गरेका थिए ।

खेलाडीलाई नगद, मेडल र ट्रफीको सम्मान

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरिएको आयोजक संस्था (SKDUN) काभ्रेका सचिव राममणि काफ्लेले जानकारी दिए । उनले प्रतियोगिताबाट भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गरे ।

स्थानीय तहको समर्थन र राष्ट्रिय स्तरको आयोजनाले खेलकुदको गतिशीलता बढ्दै स्थानीय तहको अग्रसरता र राष्ट्रियस्तरको खेल आयोजनाले काभ्रेपलाञ्चोकमा खेलकुदको सम्भावना अझ फैलिएको देखिएको छ । खेल क्षेत्रको विकासका लागि स्थानीय नेतृत्व र खेल संघबीचको सहकार्य एक प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत भएको बताइएको छ ।

प्रतिक्रिया