काठमाडौँ । हिमालयन जाभा बास्केटबल लिग एचजेबिएल अन्तिम चरणमा पुगेको छ । प्रतियोगितचाको पहिलो चरणका खेलहरू सकिएका छन् । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई बास्केटबल क्लबलाई ९३–८७ ले पराजित गरेको छ । सो खेल लिगको ३०औँ खेल हो । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टिमको समीकरण पनि तयार तयार भएको छ ।
सोही जितसँगै कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । लिग चरणमा हाउन्ड्स एकेडेमी तेस्रो चरणमा रहेको थियो । शीर्ष २ मा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले उपाधिका लागि खेल्नेछन् ।
लिगमा १० खेलबाट कीर्तिपुर र रोयलले समान १३ अंक जोडे पनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो । यसअघि लिगमा रोएलले कीर्तिपुरले ९९–९६ अंकले पराजित गरेको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोयलविरुद्ध पहिलो क्वार्टरमा २७–२२ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर रोयलले २२–२१ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म कीर्तिपुर ४८–४४ ले अघि बढेको हो । तेस्रो क्वार्टर २७–२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५–६५ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वार्टर रोयलले २२–१८ ले आफ्नो पक्षमा पारेको थियो । तथपि, चौथो क्वार्टरको उत्कृष्ट खेल कीर्तिपुरलाई रोयललाइै जित दिलाउन पर्याप्त भएन ।
कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसाङ मास्केले सर्वाधिक ३४ अंक जोडे पनि जितका लागि पर्याप्त भएन । कीर्तिपुरका सयुन राईले २६ अंक स्कोर गरे । फाइनल खेल र तेस्रो स्थानका लागि प्लेअफ खेल ७ असारमा हुने नेपाल बास्केटबल संघले जनाएको छ ।
नेपालमा शिक्षण सस्थामा लोकप्रिय रहेको बास्केटबल पछिल्लो समय क्लबहरूमार्फत व्यावसायिक रूपमा अघि बढेका छन् । अहिले प्रतियोगिता चलेको लिग नेपालमा नयाँ संचरनाको हो ।
प्रतिक्रिया