कामीरिता शेर्पाले ३०औँ पटक सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरेर सगरमाथा हिमाल आरोहणको सन्दर्भमा अत्यन्तै दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । साथै यो सिजनमा उनले ३१औँ पटक सगरमाथा आरोहण गर्दै छन् । सायद यो लेख छापिँदासम्म उनले यस वर्षको सिजनमा सगरमाथा चढिसकेका हुने छन् ।
सन् २०२३ को वसन्त ऋतुमा मात्रै सगरमाथा हिमालको आरोहण अनुमति जारी गरेवापत सरकारले ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सलामी रकम प्राप्त गरेको थियो । त्यस्तै गरेर सन् २०२४ को वसन्त ऋतुमा विभिन्न देशका पर्वतारोही टोलीका लागि सगरमाथा हिमाल आरोहण गरेवापत अनुमति जारी गरेवापत ५७ करोड नेपाली रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो, पर्यटन विभागले । त्यस्तै यो वर्ष सन् २०२५ को वसन्त ऋतुमा पनि ६७ करोड ६० लाख ९ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ, नेपाल सरकारले । यसरी हेर्दा बर्सेनि करोडौँ आम्दानी गरिरहेको सगरमाथा हिमालको भविष्यचाहिँ कस्तो छ त ? हामीले यस विषयमा पनि बहस र छलफल चलाउनुपर्ने देखिन्छ ।
लाखौँ अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कैयौँ देशका पर्वतारोहीहरू । सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आप्mनो देशको नाम विश्वभरि पैmलाउन र अजर अमर राख्नभन्दा पनि जसरी भए पनि चढ्नैपर्ने विषय हुन थालेको छ । यसले गर्दा सगरमाथा हिमाल आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ । जुन कारणले गर्दा सगरमाथा हिमाल आरोहण गर्न भनेर आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा चाहिने स्टामिनाको कमी र हिमाल चढेको (खास गरी ७ हजार, ८ हजार मिटरभन्दा अग्लो हिमाल) चढेको अनुभव नभए तापनि जसरी भए पनि सगरमाथा हिमाल चढेरै छाड्ने जिद्धिपनसहित पैसाको बल र तुजुकमा पर्वतारोहीहरू सगरमाथा हिमाल ओरोहण गर्न आउने गरेको देखिन्छ । जुन राम्रो संकेत होइन ।
पृथ्वीमा रहेको सबैभन्दा अग्लो हिम चुचुरो भएकोले सगरमाथा हिमालको नाम, मान, सम्मान र मूल्य–मान्यता अरू हिमाल हेरिकन फरक छ । त्यसैले गर्दा नै हुनुपर्छ, यो हिम चुचुरोको शिरमा जो सुकै पर्वतारोहीहरूले आफ्नो जीवन कालमा एकपटक पाइला राख्ने सपना देख्छन्, आकांक्षा राख्ने गर्छन् ।
जो कोही पर्वतारोहीहरूले आफ्नो जीवनकालमा एकपटक भए तापनि सगरमाथाको शिरमा पाइला राख्ने सपना देख्नु, आकांक्षा राख्नु कुनै अनौठो भएन । अनौठो नहुने मात्रै होइन, जुनसुकै देशका पर्वतारोहीका लागि पनि सगरमाथा हिमाल आरोहण गर्न सक्नुमा उसको प्रतिष्ठासमेत जोडिएको हुन्छ । त्यसैले गर्दा नै हुनुपर्छ, पछिल्ला हरेक वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि भिडभाड हुने गरेको छ । हुन पनि पछिल्ला दशकको तथ्यांक हेर्दा हरेक वर्ष कम्तिमा पनि ४७० देखि लिएर ५९० जनाभन्दा बढीको संख्यामा नेपाली तथा विदेशी पर्वतारोहीहरूले सगरमाथा हिमाल आरोहण गर्ने अनुमतित लिइरहेका छन् । आरोहण गर्ने अनुमति लिएर आएका पर्वतारोहीमध्ये पनि ७३÷७५ प्रतिशत पवर्तारोहीले मात्रै सगरमाथा आरोहणमा सफलता प्राप्त गरिरहेको देखिन्छ । तर, सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी एवं स्वदेशी पर्वतारोहीका साथमा जाने सहयोगीहरू जस्तै सरदार, गाइड, क्लाइम्बिङ शेर्पा (हाई एल्टिच्युड शेर्पा), कुक, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, याक–नाक र, चौंरी गोठालोसमेत गर्दा लगभग १ हजार ८०० देखि २ हजार १०० जनाको ठुलो भिडभाड सगरमाथा हिमालको आधार शिविरमा डेढ महिनादेखि २ महिनासम्म बस्ने–रहने गरेको छ ।
नेपाल सरकारले पटकपटक गरेर ४७६ वटा विभिन्न हिमाल आरोहणका लागि खुल्ला गरेको छ । तापनि सगरमाथा हिमालमा नै पर्वतारोहीको किन भिड हुने गरेको छ, यस्तो किन हुन्छ ? हुन सक्छ, सगरमाथा हिमाल विश्वको एक मात्र ‘आइकोनिक’ हिमालको रूपमा स्थापित भएको हुनाले प्रायः सबै पर्वतारोहीहरूको आकर्षण यसै (सगरमाथा) हिमाल) मा रहेको छ । त्यसैले हालसम्म सगरमाथा हिमाल आरोहण गर्न २१–२२ हजार पर्वतारोहीहरूले (‘रफ’ अनुमान मात्रै हो) अनुमति लिइसके । कतिपय पर्वतारोहीहरूले सगरमाथा हिमाल धेरैपटक चढेका छन् । कतिपय पर्वतारोहरूले १०औँ, ११औँ, १२औँ, १३औँ, १४औँ, १५औँ, १६औँ, १७औँ, १८औँ, १९औँ, २१औँ, २२औँ, २३औँ, २६औँ, २७औँ, २९औँ र ३०औँ पटकसम्म पनि आरोहण गसिकेका छन् ।
हुन पनि सन् २०२४ को वसन्त ऋतुमा एकै सिजनमा दुईपटक गरेर नेपाल (सोलुखुम्बु जिल्ला, थामे गाउँका) कामीरिता शेर्पाले ३०औँ पटक सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरेर सगरमाथा हिमाल आरोहणको सन्दर्भमा अत्यन्तै दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । साथै यो सिजनमा उनले ३१औँ पटक सगरमाथा आरोहण गर्दै छन् । सायद यो लेख छापिँदासम्म उनले यस वर्षको सिजनमा सगरमाथा चढिसकेका हुने छन् ।
भूगर्भविद एवं वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइस्टोन’ले बनेको हो । सगरमाथा हिमाल आजभन्दा १ करोड ५२–५३ लाख वर्षदेखि १ करोड ५९–६० लाख वर्षअघि उत्पत्ति भएको हो । ऊ बेलाको समय समय क्रममा टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौँ ‘अप–हिभल’ सिद्धान्तअनुसार सगरमाथा हिमालले अहिलेको आकार लिएको हो ।
गुगल सर्च गर्दा के देखाउँछ भने, टेथिस महासागर आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म पैmलिएको थियो । त्यो बेला (करिब ४०–४१ मिलियन वर्षअघि) उत्तरतर्पm सर्दै आल्पस पर्वतमालाका साथै हिमालय पर्वत माला बनेको हो । त्यस्तै करिब ८०–८१ मिलियन वर्षअघि आजको भारतचाहिँ ६ हजार ४०० किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो । केही वर्ष अघिसम्म सगरमाथाको उचाइका सम्बन्धमा पनि अनेक विवाद हुने गरेको थियो । तर, २०७२ सालमा नेपालमा भूकम्प गएपछि चाहिँ नेपालका भूगर्भविदहरूले पनि सगरमाथा हिमालको उचाइ बढेको हुन सक्ने भनी विचार राख्न थाले । त्यसैले सगरमाथा हिमालको उचाइ घटेको, बढेको के हो ? सत्यतथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरूको एक टोली गठन गर्यो ।
सो अध्ययन टोलीले आप्mनो प्रतिवेदनमा सगरमाथा हिमालको उचाइ पहिलेको भन्दा केही सेन्टीमिटर बढेको भनी सरकारलाई आप्mनो अध्ययन प्रतिवेदन पनि बुझायो । प्रतिवेदनलाई २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रूपमा नेपाल सरकारले मान्यता दियो । जसमा छिमेकी चीन र नेपाल सरकारले संयुक्त रूपमा सगरमाथा हिमालकोे नयाँ उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटरलाई आधिकारिक उचाइ मानेर मान्यता दिइसकेको छ ।
सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दाखेरि सन् १९२१ सम्म पुग्नुपर्ने हुन्छ । त्यस यता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब ८ हजार पर्वतारोहीहरूले १२ हजारभन्दा बढीपटक (किनभने एकै जना पर्वतारोहीले १ भन्दा बढीपटक आरोहण गरेका छन्) सगरमाथा हिमाल आरोहण गरिसकेका छन् ।
सगरमाथा हिमालका साथै अन्य जुनसुकै हिमाल आरोहणका लागि पनि मौसमले साथ दिनैपर्ने हुन्छ । मौसमले साथ दिएन भने कसैको केही नलाग्ने हुनाले पर्वतारोहीहरू कैयौँ दिन उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३ मा बस्नुपर्ने हुन्छ । सन् २०२२ फेब्रुअरी को ५ तारिखमा बिबिसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा अपलोड गरेको–प्रकाशित रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिम नदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन सुरु भएको छ । रिपोर्टअनुसार लगभग ७ हजार ९०० मिटरको उचाइमा रहेको साउथकोल र त्यस वरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम ८० गुणाले छिटो रहेको देखाएको छ ।
सगरमाथा हिमालको भविष्यका बारेमा के संकेत गर्दै छ त, माथिको अध्ययनले ? सर्वसाधारणले पनि सहजै अनुमान गर्न सक्ने कुरो हो । किनभने, यसको संकेत भनेको अब सगरमाथा हिमालको आयु छोटिँदै गएको छ भन्ने नै हो । सगरमारथा हिमालको आयु लामै रहे पनि सगरमाथामा हिऊँ पर्न छाड्यो, बरफ जम्न छाड्यो भने ढुंगै–ढुंगाको चट्टानी भिर–पहराको बाटो भएर सगरमाथा जस्तो हिम चुचुरोमा पुग्न सक्लान् र, पर्वतारोहीहरू ? त्यसैले हामीले बेला छँदै सगरमाथा हिमालको दिगोपना र आयु लम्ब्याउने सम्बन्धमा छलफल गर्न ढिला नगरौँ ।
प्रतिक्रिया