तत्काल नै कायापलट हुने ढंगले केही नगरेमा अबको केही दशकमा मानवीय सभ्यताले नसोचेको संकट भोग्न पनि सक्ने छ । मानिसको कमजोर स्वास्थ्य अवस्था, जलवायु विनाश, १०औँ लाखौँ जलवायु आप्रवासन तथा महामारीको समस्या पनि देखिन सक्ने छन् ।
स्वास्थ्य क्षेत्रमा डी–कार्बनाइजेसन अहिले मुख्य आवश्यकता भइसकेको छ । २१औँ शताब्दीमा जलवायु परिवर्तनमा सामुदायिक स्वास्थ्यका क्षेत्रमा उत्पन्न हुने कार्बन उत्सर्जन सबैभन्दा ठुलो चुनौती हो । यसैकारण आधुनिक चिकित्सकीय प्रणाली अहिलेको वातावरणीय अवस्थामा धेरै महँगो सावित भएको छ । स्वास्थ्य क्षेत्रमा ग्रिनहाउस ग्यासहरूको उत्सर्जन नै प्रमुख चिन्ताको विषय बनेको छ । कुल कार्बनडाइअक्साइड उत्सर्जनमा सामुदायिक स्वास्थ्य क्षेत्रले ४ देखि ८ प्रतिशत हिस्सा ओगटेको छ ।
संसारमा सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने अमेरिका, चीन तथा युरोपेली युनियनले नै विश्वमा आवश्यक पर्ने आधाभन्दा बढी स्वास्थ्य सामग्रीको पनि उत्पादन तथा वितरण गर्छन् । सन् २०१९ को एनएचएसको तथ्यांकअनुसार स्वास्थ्य क्षेत्रमा हुने उत्सर्जन मध्ये ६२ प्रतिशत हेल्थ केयर सप्लाइ चेनमार्फत हुन्छ । त्यसैगरी, डेलभरी अफ केयरबाट २४ प्रतिशत तथा स्वास्थ्य संरचना सम्बन्धित यातायातबाट १० प्रतिशत उत्सर्जन हन्छ ।
अहिले चिकित्सकले विश्वव्यापी रूपमा र समुदायको रूपमा तथा डी–कार्बनाइजेसन गर्ने पाइलाका बारे बुझ्न जरुरी छ । सन् २०५० सम्ममा कार्बन उत्सर्जनको मात्र शून्यमा झार्ने उद्देश्य प्राप्त गर्नसके सामुदायिक स्वास्थ्यको क्षेत्रमा नै महत्वपूर्ण लाभ दिलाउने छ । सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने विषयमा उठेका विभिन्न तर्क तथा कामहरू तल्लो तहसम्म टिकाउपूर्ण स्वास्थ्य संरचनासँग पनि सम्बन्धित छन् ।
सन् २०२० को शताब्दीको मध्यदेखि बढेको मानवीय गतिविधि र चहलपहल अहिलेको यो उत्सर्जनको मुख्य कारण बनेको छ । यो मानवीय गतिविधिसँगै हामी बाँचिरहेको यो ग्रहको स्वास्थ्यमा नै प्रतिकूल र हानिकारक असर परेको छ । यसले पृथ्वीको सतहको तापक्रम बढाएको छ, जैविक विविधताको नास गरेको छ तथा पृथ्वीको महत्वपूर्ण स्रोतहरूको नास गरेको छ । सन् २०२४ मा पूर्व–औद्योगिक युगको भन्दा तापक्रम वृद्धि पहिलोपटक १ दशमलव ५ डिग्रीभन्दा बढी भएको छ ।
तत्काल नै कायापलट हुने ढंगले केही नगरेमा अबको केही दशकमा मानवीय सभ्यताले नसोचेको संकट भोग्न पनि सक्ने छ । मानिसको कमजोर स्वास्थ्य अवस्था, जलवायु विनाश, १०औँ लाखौँ जलवायु आप्रवासन तथा महामारीको समस्या पनि देखिन सक्नेछन् । अस्ट्रेलियाको एडिलेडस्थित फ्लाइन्डर्स विश्वविद्यालयका ग्लोबल इकोलोजी प्राध्यापक कोरी ब्राड सले सन् २०२१ मा सम्पदासम्बन्धी १५० अध्ययन प्रकाशित गरेका थिए । उनको अध्ययनअनुसार ६ जिव आजभोलि नै लोप हुने अवस्थामा छन् ।
विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको नासका कारण स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव र यसको गाम्भीर्यतालाई झल्काएको छ । विश्वव्यापी रूपमा नै अल्पायुमा मानिसको निधनको पहिलो कारण नै वायु प्रदूषण बनेको छ । प्रत्येक वर्ष ७० लाख मानिसहरूले उनीहरूले सास फेर्ने हावा दूषित भएका कारण ज्यान गुमाइरहेका छन् । लामो समय कम गुणस्तरीय हावा र यसका उत्पादनले पार्ने समस्याको कुनै लेखाजोखा नै छैन । विश्वका १० मध्ये ९ जनाले विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डभन्दा कम गुणस्तरको हावामा सास फेर्ने गरेका छन् ।
यी सबै मानिसले कमजोर हावामा सास फेर्न बाध्य हुनुको मुख्य कारण कारखाना तथा यातायातमा प्रयोग गरिने जीवाश्म इन्धन नै हो । साथै पुनःनवीकरणीय ऊर्जाको प्रयोग नहुनु हो । आयरल्यान्डको इन्भारमेन्टल प्रोटेन्सियल एजेन्सीका अनुसार त्यहाँ बर्सेनि १३ हजार जनाले दूषित हावाकै कारण अल्पायुमा ज्यान गुमाउने गरेका छन् । पछिल्लो ५० वर्षमा कार चढ्ने मानिसहरूमा आएको संख्यामा आएको परिवर्तन नै वायु प्रदूषणको अर्को कारण हो । उदाहरणका लागि प्रत्येक दिन आइरिस सडकमा कुद्ने गरेका २५ लाख कारले जीवाश्म इन्धनबाट सिर्जित हानिकारक ग्यास फ्याँक्ने गरेका छन् ।
निम्न तथा मध्यम आय भएका देशमा प्रत्येक वर्ष ३२ लाख व्यक्तिहरू घरभित्र नै बल्ने गरेका जीवाश्म इन्धनका कारण मर्ने गरेका छन् । भान्सामा प्रयोग गरिने कोइलाजन्य ऊर्जामार्फत खाना पकाउने चलन तथा भेन्टिलेटरको अभाव नै घर भित्रकै विषालु वायु प्रदूषणको कारण बनेको छ । बढ्दो तापक्रम वृद्धिका कारण डढेलो लाग्ने क्रम पनि बढेको छ । यो त वायु प्रदूषणको एउटा सदावहार कारण नै भइहाल्यो ।
वायुको गुणस्तर वृद्धि हाम्रो व्यक्तिगत तथा सामूहिक प्रयासबाट सम्भव छ । हाम्रो घर तथा व्यवसायको क्षेत्रमा प्रयोग हुने कोइलाजन्य ऊर्जामा कमी ल्याएर विद्युतीय ऊर्जाको प्रयोग नै हावाको गुणस्तर बढाउने प्रमुख उपाय हो । अग्र मोर्चाका रहेर स्वास्थ्य क्षेत्रमा संलग्न हुनेहरूले त आफ्नो काममा ध्यान दिनुका साथै जलवायु परिवर्तनमा अझ बढी चासो दिन जरुरी छ । खास गरी इमर्जेन्सी तथा प्राथमिक स्वास्थ्य संरचना तयार गर्नमा यो आवश्यक छ । लामो समयसम्म गैरसिजनल तापक्रम वृद्धिले मानिसको स्वास्थ्यमा समस्या पनि ल्याउन सक्ने छ । यसले हाडमा समस्या आउनुका साथै मानसिक स्वास्थ्यमा समेत समस्या आउन सक्छ ।
जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पर्ने असरलाई महसुस गर्दै जलवायु परिवर्तनसँग लचिलो सुरक्षित स्वास्थ्य संयन्त्र तयार गर्न पनि सकिन्छ । शून्य कार्बन उत्सर्जन स्वास्थ्य संयन्त्रको एजेन्डा बनाउँदै त्यसको पूर्ण कार्यान्वयनका लागि त्यही अनुसारको भौतिक संरचना निर्माण तथा सामुदायिक सचेतना आवश्यक छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र सन् २०५० सम्म कार्बन उत्सर्जन नेट जिरो (शून्यमा झार्न) बनाउनका लागि युरोपेली युनियनको डी–कार्बनाइजेसन स्वास्थ्य संयन्त्र प्रमुख विषय बनेको छ । हेल्थ केयर सेन्टरमा उत्सर्जनको मुख्य श्रोत कोइला र ग्यासजस्ता जीवाश्म इन्धन बल्नु नै हो । स्वास्थ्यसम्बन्धी यात्रा, अस्पताल र स्वास्थ्यसम्बन्धी उत्पादनमा यी जीवाश्म ऊर्जाकै प्रयोग ८४ प्रतिशत भएको छ ।
यसबाट पार पाउन सबै खाले, सुविधा, सप्लाइ चेन, पानीको वितरण र फोहोर व्यवस्थापनलगायत सम्पूर्ण क्षेत्रमा जीवाश्म इन्धनको साटो पुन नवीकरणीय ऊर्जाको प्रयोग गर्दै डी–कार्बनाइजेसनलाई बढवा दिन सकिन्छ । युरोपले सुरु गरेको क्लाइमेट स्मार्ट सोलुसनमार्फत जलवायुका कारण उत्पन्न हुने रोग र बिरामीको संख्यामा कमी ल्याउँदै स्वास्थ्य क्षेत्रको आर्थिक भार पनि घटाउन सकिने छ ।
स्वास्थ्य क्षेत्रमा डी–कार्बनाइजेसनबारेका अन्तर्राष्ट्रिय विज्ञ केथी गेरविङले आफ्नो पुस्तकमा ‘ग्रिनिङ हेल्थ केयर ः हाउ हस्पिटल क्यान हिल एन्ड प्लानेट’मा जनाएअनुसार स्वास्थ्य क्षेत्रमा मात्र डी–कार्बनाइजेसन गर्नसके १० वर्षमा १५ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च घटाउन पनि सकिने छ । डी–कार्बनाइजेसन लागि क्लिनिकल अभ्यासमा परिवर्तन गर्दै स्वास्थ्य क्षेत्रमा ग्रिन मोडल लागू गर्नु महत्वपूर्ण छ । दीगो अभ्यासमार्फत स्वास्थ्यकर्मीले अनावश्यक फोहोर व्यवस्थापन गर्न सक्छन् । यसले उनीहरूलाई कार्बन उत्सर्जनजन्य रोगको प्रभाव पनि कम गर्ने छ ।
बिरामीलाई समेत वातावरणीय रूपले सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्दै कार्बन उत्सर्जन घटाउन र स्वास्थ्य क्षेत्रको भारलाई कम गर्न त्यही दिशामा योजना बनाउन आवश्यक छ । अग्र मोर्चामा रहनेले दिगो अभ्यास गर्नाले ऊर्जाको प्रभावकारितालाई बढाउन सक्ने र ग्रिन हाउस ग्यास इमिसनलाई घटाउने छ । स्वास्थ्यकर्मीले नै डी–कार्बनाइजेसनको एजेन्डालाई फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जलवायु र सामुदायिक स्वास्थ्यमा विषयलाई बेवास्ता गर्दै स्वास्थ्य क्षेत्रमा भएको उत्सर्जन घटाउन तत्काल हस्तक्षेप सुरु नगरेमा सन् २०५० सम्ममा यो ३ गुणा बढी हुन सक्छ । चिकित्सकीय सेवामा कार्बन उत्सर्जनविरुद्ध दिगो सुधारको वातावरणीय विषयमा वकालत गर्दै संस्थागत नीतिमा परिवर्तन ल्याएर जलवायु विषयमा एकीकृत हुँदै नेट जिरो उत्सर्जनको लक्ष्यमा पुग्न सकिने छ ।
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनले भनेका छन्, ‘जलवायु परिवर्तन आन्तरिक रूपमा सामुदायिक स्वास्थ्य, खाना र पानीको वितरणसँग सम्बन्धित छ । साथै आप्रवासन, शान्ति र सुरक्षासँग पनि यो सम्बन्धित छ । यो सामाजिक न्याय, नैतिक मुद्दा, मानवअधिकार र आधारभूत मूल्यसँग सम्बन्धित छन् । पृथ्वीको आयु र हामीभन्दा पछिल्लो पुस्ताप्रति पनि हाम्रो त्यत्तिकै जिम्मेवारी छ ।’
(लेखक प्राध्यापक क्यामिला क्यारोन डब्लिनको भिक्टोरिया आँखा तथा कान अस्पतालकी कन्सल्ट्यान्ट हुन् प्राध्यापक मोहम्मद उमायर को ओफाली टुलामोरको मिडल्यान्ड रिजनल अस्पतालका सर्जन हुन् । उनीहरूको यो लेख ‘मेडिकल इन्डिपेन्डेन्ट जर्नल’बाट साभार अनुदित गरिएको हो ।)
प्रतिक्रिया