पत्रकार तथा साहित्यकार चालिसेको निधन

काठमाडौँ । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको शुक्रबार निधन भएको छ । ७४ वर्षीय उनको आज बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ ।

२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए । उनी प्रेस चौतारी संस्थापक अध्यक्षसमेत हुन् ।

चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् । केही समयअघि मात्रै उनको ‘युगसन्धि’ नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।

प्रतिक्रिया