रास्वपाको केन्द्रीय समिति बैठक, रवि लामिछानेको मुद्दासहित विभिन्न विषयमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

पार्टीका सभापति लामिछाने हाल सहकारी ठगी प्रकरणमा कारागारमा छन् ।

प्रतिक्रिया