सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रूपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानवअधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप महिलाहरू र उनका बालबालिकाहरूलाई सामग्रीहरू हस्तान्तरण गरे ।

त्यस्तै बैंकले सिटिजन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ लाई शवदाहगृह निर्माणका लागि आवश्यक सहयोगस्वरूप ७० हजार रुपैयाँबराबरको निर्माण सामग्री (ब्लकहरू र सिमेन्टहरू) प्रदान गरेकोे छ । कोहलपुर नगरपालिका–११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाहगृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ । संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया