ग्लोबल आइएमई बैंकलाई प्रतिष्ठित अवार्ड

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधाअन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । बैंकले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो ।

यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन–इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ । लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले ग्लोबल आइएमई बैंकको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामथ्र्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको छ ।

यसअघि बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।

प्रतिक्रिया