काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष उनले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत सेवा दिँदै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, क्युआर कोडजस्ता डिजिटल सुविधाहरूसमेत प्रदान गरिरहेको छ ।
प्रतिक्रिया