रहेनन्, कपिल शर्मा शोका दास दादा

नयाँ दिल्ली । कमेडी किंग कपिल शर्माको ‘द कपिल शर्मा शो’का चर्चित फोटोग्राफर दास दादाको मृत्यु भएको छ । दास दादा प्रायः शोका एपिसोडका बीचमा देखिन्थे । कपिलले प्रायः उनीमाथि ठट्टा गर्थे । दास दादाको निधनको खबर कपिल शर्माको टोलीले सामाजिक सञ्जालमा एक पोस्टमार्फत दिएको हो । ‘आज मन धेरै भारी भएको छ । हामीले दास दादालाई गुमायौँ । यस्तो व्यक्ति जसले लेन्स पछाडि रहेको एक आत्मा, जसले द कपिल शर्मा सोको सुरुआतदेखि नै अनगिन्ती सुन्दर क्षणहरूलाई कैद गरे । उहाँ एक सहयोगी फोटोग्राफरभन्दा धेरै नै हुनुहुन्थ्यो । उनी हाम्रो परिवार थिए । सधैँ मुस्कुराइरहन्थे, दयालु थिए र सधैँ हामीसँगै हुन्थे ।’ कपिल शर्माको टोलीको तर्फबाट दास दादाको भिडियो सेयर गर्दै लेखिएको छ ।

प्रतिक्रिया