गहुँ भित्राउँदै भक्तपुरका किसानहरु

काठमाडौं । नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदैछन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि केही स्थानमा लगाएका गहुँ बाली यतिबेला भित्राउँदै छन् किसानहरु ।

कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ । गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो । यसको खेती नेपालको तराई देखि पहाडसम्म खेती गरिँदै आएको छ ।

नेपालमा आव २०७९–८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेरफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मे. ट. उत्पादन गरिएको छ। हाल नेपालमा गहुँको औषध उत्पादकत्व २.९९ मे. ट. हे. रहेको छ ।

प्रतिक्रिया