दिपेन्द्र र शान्ती श्रीको आवाजमा ‘सत्य रामराम’

काठमाडौं । गायक तथा सर्जक दिपेन्द्र आलेले नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ को भिडियो युट्युबमा सार्वजनिक भएको छ । सोमबार दिपेन्द्र आलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा आले स्वयं र गायिका शान्ती श्री परियारको आवाज रहेको छ ।

अर्जुन कौशलको संगीत र एरेन्जमा तयार गरिएको गीतमा नेपाली सिने क्षेत्रका नायक राजेश हमाल र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । पछिल्लो समय निकै चर्चा कमाएका निर्देशक मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

डेढ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय दिपेन्द्र आलेले आफूले यसअघि ‘रुँदै हिँड्न कसलाई मन छ र’, ‘हितको परानी’, ‘हिले खबर’, ‘सालैजो के छ सानु खबर’, मै हुँ रिजाउने’ जस्ता दर्जनौँ लोकदोहोरी गीतहरू ल्याइसकेको बताए ।

प्रतिक्रिया