दीपिकालाई हटाइयो चलचित्रबाट

नयाँ दिल्ली । ‘कबिर सिंह’ र ‘एनिमल’ का निर्देशक सन्दीप रेड्डी वांगा यतिबेला आगामी चलचित्र ‘स्पिरिट’ लाई लिएर चर्चामा छन् । यस चलचित्रमा प्रभास र दीपिका पादुकोणको मुख्य भूमिका रहने बताइएको थियो । दीपिकालाई चलचित्रबाट हटाइएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दीपिकाको डिमान्ड बढेपछि चलचित्रबाट हटाइएको हो ।

दीपिकाले निर्देशकसँग चलचित्रमा काम गर्नका लागि केही सर्त राखेकी थिइन् । जसमा उनी र निर्देशकबीच धेरै टकराव भइरहेको थियो । पछि यो कुरा यति बढ्यो कि दीपिकालाई चलचित्रबाट हटाउन परेको थियो । किनकी दीपिका यस मागमा झुक्न तयार थिइनन् । निर्देशक सन्दीपले दीपिकाको मागलाई अनप्रोफेसनल बताएका छन् ।

दीपिकाले तेलुगुमा आफ्नो डायलग बोल्न पनि अस्वीकार गरेकी थिइन् । चलचित्रको लागि उनलाई २० करोड भारू पारिश्रमिक दिइने बताइएको थियो । उनको डिमान्ड यति बढ्यो कि सन्दीपले चलचित्रबाटै हटाउने निर्णय गरे । उनी यतिबेला नयाँ अभिनेत्रीको खोजीमा छन् ।

प्रतिक्रिया