चलचित्र पत्रकार संघ नेपालको २६ औं बार्षिकोत्वमा चलचित्र पत्रकार सम्मानित

इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं बार्षिकोत्सव एवं दोस्रो राष्ट्रिय भेला बुधबारदेखि इलामको श्रीअन्तुमा सुरु भएको छ । सो अवसरमा विभिन्न चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।

चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत एवं सम्मपत्रकारहरुलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ बाट पत्रकार ध्रुव लम्साल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान बाट विष्णु सुवेदी, कोशी राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान बाट नरेन्द्र बस्नेत सम्मानित भएका छन् ।

त्यसैगरी जीवनकुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार,वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार रश्मी थापा र कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार तुलसी निरौलालाई प्रदान गरिएको छ ।

जेठ ९ गतेसम्म हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं दोस्रो राष्ट्रिय भेलाको पहिलो दिन बुधबार सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया