१२औँ म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२औँ संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा भएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनोट गरिएको कार्यक्रमको संयोजक सविता पोखरेलले जानकारी दिइन् ।

तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।

त्यसैगरी यस वर्षको म्यूजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ । त्यस्तै यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ ।

यो वर्षको म्युजिक खबर युवा संगीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय भएको छ । त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ ।
त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ ।

म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । यसैगरि म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ राससका फोटो पत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । त्यसैगरी संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको छ ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुन् । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल हुन् ।

प्रतिक्रिया