सन्जु र विनोदको आवाजमा ‘थाहै नपाई’

काठमाडौं । लोकदोहरी गायिका सन्जु न्यौपाने र गायक विनोद गजमेरको आवाजमा दोहरी गीत ‘थाहै नपाई’ को भिडियो सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक विनोद बाजुराली, मिस्किङ माष्टरिङ खडक बाजुरालीको रहेको छ ।

जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट निर्देशन विशाल घिमिरेको रहेको छ । गीतको भिडियो गायिका सन्जु न्यौपानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया