क्रेटा इभी बिर्तामोडमा सार्वजनिक

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कम्पनीको अनुसार नयाँ क्रेटा इभी (इलेक्ट्रिक गाडी) को सुरुआतले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने द्विविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ ।

धेरै मानिसलाई इभी लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ । तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नुपर्दैन । हुन्डाईका ग्राहकहरूले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रूपमा पाउनेछन् ।

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ । यसै अभियानअन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया