कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा वेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिकास्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक सो नदीमा पौडी खेल्ने क्रममा आज वैशाख २२ गते दिउँसो २ बजे डुबेर बेपत्ता भएका थिए ।
उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराइबाट घटनाको करिब डेढ घण्टापछि उनको शव बाहिर निकालेको बताइएको छ ।
प्रतिक्रिया