राराको प्रकृती संरक्षणमा जोड दिइने छ : मन्त्री शाही

मुगु । वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐन बहादुर शाही ठकुरीले रारा प्रकृती संरक्षणमा जोड दियने बताएका छन् । सोमबार रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को कार्यालय समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले राराको प्रकृती संरक्षणमा जोड दिइने बताएका हुन् ।

रारा नेपालको सबैभन्दा ठूलो तालका रूपमा मात्र सीमित नभई रारा प्रकृतिको बरदान भएकाले राराको प्रकृती संरक्षणमा जोड दिएर पर्यटकीय क्षेत्रको विकास गरिने उनको भनाइ छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यस वरपरको प्रकृती संरक्षणका लागि कर्णाली प्रदेशकै पहिलो रारामा राष्ट्रिय प्रकृती संरक्षण कोष (NTNC) को कार्यालय स्थापन भएको छ ।

यस कार्यालय र राष्ट्रिय प्रकृती संरक्षण कोष कार्यक्रममार्फत रारा तालको प्रकृती संरक्षण र राष्ट्रिय निकुञ्जभित्रको वन तथा वन्यजन्तुको संरक्षणमा ठूलो योगदान पुर्याउने मन्त्री शाहीले बताए ।

प्रकृती संरक्षण कोष कर्णाली प्रदेशमा पहिलो पटक रारा स्थापना भएको छ । यस कार्यक्रममार्फत रारा राष्ट्रिय निकुञ्ज, रारा ताल, सेफोक्सुनडो लगायत सम्रग कर्णाली प्रदेशको प्रकृती संरक्षणको क्षेत्रमा पनि काम गर्ने मन्त्री शाहीले बताए ।

निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको संरक्षण, वन्यजन्तुको उपचार र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पनि प्रकृती संरक्षण कोषले ठूलो योगदान पुर्याउने छ ।

पछिल्लो केही वर्षयता रारा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटको संख्या वृद्धिसँगै धार्मिक पर्यटन क्षेत्रको बिकासमा जोड दिइने र आगामी वर्षको बजेटमा धार्मिक पर्यटन क्षेत्रको विकास प्रकृति संक्षणमा जोड दिने कार्यक्रम सञ्चालनका लागि बजेट व्वस्थापन गरिने मन्त्री शाहीले बताए ।

वन तथा वातावरण मन्त्रालयले देशैभरिका संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधिलाई चलायमन बनाउन पाँच तारे होटल निर्माणमा जोड दिइने छ । अहिले पनि रारामा आउने पर्यटकको लागि मुर्मा सल्लेरिमा ठूला होटल निर्माण हुँदै छ्न् ।

रारालगायत पर्यटकीय क्षेत्रको प्रावधन र प्रकृतिको संक्षणमा जोड दिई संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधिलाई चलायमन बनाउने योजनामा वन मन्त्रालयले काम गरिरहेको मन्त्री शाहीले बताए ।

रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को कार्यालय स्थापन कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन वहादुर शाही ठकुरी, जिल्ला समन्वय प्रमुख मन्जन बहादुर कार्की छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष केशर जंग शाहीलगायत प्रकृती विज्ञहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया