काठमाडौं महानगरले ढुंगाहरू विछाएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्न फेरि खन्न थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू विछाएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।

महानगरपालिकाले दरबार क्षेत्रमा कंक्रीट प्रयोग गरी छापिएका पुरानो ढुंगा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कंक्रीट बिना नै नयाँ ढुंगा बिछाएको थियो । तर, विद्युत प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन खन्ना थालिएको हो ।

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटक मार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर पार्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया