साहित्यकार शर्मालाई थाइल्याण्डमा सम्मान र अवार्ड प्रदान

बैंकक । गीतकार। संगतीकार एवं साहित्यकार जीवन शर्मालार्ई थाइल्याण्डको बैंककमा सम्मान अर्पणका साथै अवार्ड प्रदान गरिएको छ । उनलाई सिक्किमा रहेर नेपाली भाषा, साहित्य कला संस्कृतिका साथै गीत संगीतका क्षेत्रमा विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’ र ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

शर्मा नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित भएको आयोजकले जनाएका छन् । उनका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड चुम्न सफल भएका छन् । त्यसैगरी उनका साहित्यिक कृति पनि प्रकाशित छन् ।

विगत १६ वर्ष काठमाडौंमा रहेर गीतसंगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रालिले थाइल्याण्डको बैंककमा एक विशेष समारोहबीच शर्मालाई सम्मान अर्पण गरेको हो भने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौ संस्करणमा उहाँलाई ‘सुने मैलै…’ गीतबाट अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

गैरआवसिय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीतसंगीतका साथै समाजका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्याएका व्यक्तित्वलाई उनीहरूका कार्यको उच्च प्रशंसा गर्दै सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले जानकारी दिए ।

समारोहमा विभिन्न कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए । थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरुको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रिया