प्रेम प्रस्तावको विधेयक दर्ता गर्न तयारी गर्दैछु ।
कसैलाई थाहा नदिइ तिमिलाई माग्न मन्दिर झर्दैछु । ।
तिमी अलि लचिलो भए विधेयक पारित हुन सक्छ ।
यता म, स्वयम्बरमा लाइदिन माला भर्दैछु । ।
तिम्रो अंगालो थोरै डर धेरै खुशी पक्कै हुनेछ ।
डोली चढि अन्मिदा यो मन साच्चै रुनेछ । ।
तिम्ले चुरोटको धुँवा उडाको बा–आमाले थाहा पाए भने ।
अगरबत्ती सल्काइ बास्ना छर्ने जिम्मा मेरै हुनेछ । ।– सर्मिला न्यौपाने
प्रतिक्रिया