टोकियो । २० जनवरीमा दिन अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा लागि पदभार ग्रहण गरेपछि यसले संसारका धेरै देशलाई असर गरेको छ । जापानमा भने सरकारले नै कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्नेे प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री शिगेरु इसिबाले मंगलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब १० प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताएका छन् र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका छन् ।
उनले ३ अप्रिलमा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताएका छन् । इसिबाले मंगलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा नबोले पनि उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताए । अहिलेका लागि १ हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न ‘हामी सक्दो प्रयास गर्नेछौँ’ उनले भने ।
प्रतिक्रिया