चितवन । टेलिसिरियल रिटायर हल्दारमा साधुराम पात्रको भूमिकाबाट लोकप्रिय बनेका पिताम्बर आचार्यले मोफलमा बसेर सपना बनाउँदैछन् । आचार्यको लेखन, निर्देशनमा ‘सपना’ नामक सिरियल नयाँ वर्ष २०८२ को शुभकामना स्वरुप वैशाखको पहिलो साताबाट आफ्नै युटुब च्यानल पि. आचार्यमार्फत रिलिज हुने भएको छ ।
चितवनको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘सपना’ सिरियलमा हरेक मान्छेले आफ्नो दैनिक जिवनमा देख्ने सपनालाई मूख्य कथावस्तु बनाई सन्देशमूलक र मनोरञ्जनात्मक प्रस्तुति रहने निर्माता, निर्देशक आचार्यले बताए ।
सपना सिरियलमा पिताम्बर आचार्य, सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पु कुमार गुप्ता, अर्नुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमायाँ बास्तोला रहेका छन् ।
त्यसैगरी राजकुमार भुजेल, लक्ष्मी बास्तोला, सुमित्रा रेग्मी, मायाँ रेग्मी, टिकटक भाइरल विश्वसुन्दी, अफ्रिकन क्वीन आदिको अभिनय रहने छ भने बाल कलाकारहरुमा सुवत लामिछाने, सिरोज पौडेल, कान्छि वास्तोला रहेका छन् । शीर्ष गीत युवा आख्यानकार भीष्मराज फुलारा, संगीत राजेन्द्र बजगाई, श्रृंगार सञ्जय लामा, छायांकन तथ सम्पादन आवाष रानाको रहेको छ ।
प्रतिक्रिया