राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजावादी समूह आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।

मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार उजुरी आजै आएको र अब कानूनी प्रक्रिया अघि बढ्नेछ ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएको बताइएको छ । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

आजै प्रसाईंकै कमाण्डमा भएको राजावादी समूहको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शन उग्र भएपछि प्रशासन कर्फ्युसमेत लगाएको छ ।

शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शनले उग्र रुप लिएपछि ठूलो क्षति भएको हो । आजै समाजवादी मोर्चाले पनि प्रदर्शन गरेको थियो । तर मोर्चाको प्रदर्शन भने शान्तिपूर्ण नै भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया