राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रालयमा बस्यो आकस्मिक बैठक

काठमाडौं । शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

शुक्रबार राजावादी प्रदर्शनकारीहरुले काठमाडौंंका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गरेपछि सुरक्षा प्रमुखहरूको बैठक बसेको हो । राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षाप्रमुखसँग बैठक राखेका हुन् ।

शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो । उनीहरूले सर्वसाधारणको घर, कार्यालयमा आगजनी गरेका छन् ।

दर्जन बढी घरमा ढुंगामुढा प्रहार गरेर क्षति पुर्याएका छन् । आक्रामक हुँदै गएका राजावादी प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा समेत झ्यालका सीसी फुटाएर आगजनी गरेका थिए ।

प्रतिक्रिया