काठमाडौं । शुक्रबार राजतन्त्र ल्याउने उदेश्यले राजावादीहरुले गरेको प्रदर्शन उग्र बनेसँगै काठमाडौंको तीनकुनेमा कर्फ्यु लगाइएको छ ।
राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो ।
शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपालखबरलाई जानकारी दिए । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले गाडीसमेत जलाएका छन् ।
प्रतिक्रिया