काठमाडौँ । हास्य कलाकार दिवाकर भण्डारी (सापटी काका) ले नाटक र चलचित्रदेखि टेली सिरियलसम्म निर्देशन गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का कलाकार भण्डारी पछिल्लो समय सापटी काकाको रूपमा हास्य कलाकारमा परिचित छन् । बुवा तुलसी भण्डारी र आमा रुकीमाया तथा आमदर्शकहरूको माया पाएर अहिले व्यस्त निर्देशक बन्न सफल भएको भण्डारीले बताए । सानैदेखि कलाकारितामा प्रवेश गरेका भण्डारी अहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘मेरी बास्सै’ का निर्देशकका साथै लेखक र एक प्रमुख पात्र पनि हुन् ।
२ दशकभन्दा अगाडिबाट कलाकारितामा प्रवेश गरेका भण्डारीले २०४९ सालबाट ‘शिक्षा’ नामक एकांकी नाटकबाट सुरु भएको बताए । २०५२ सालमा क्यामेराको माध्यमबाट सुरु भएको जोस र जाँगर अहिले पनि उत्तिकै भएको उनको भनाइ छ । १०० भन्दा बढी नाटक, लेख निर्देशन गरिसकेका भण्डारी कलाकारिता, लेख तथा निर्देशन मात्र नभई कला क्षेत्रमा धेरै भूमिका निभाएको उनले बताए ।
अनेकौँ चेतनामूलक नाटक गर्दा गर्दै २०६१ सालमा आफैँबाट लिखित गीति एल्बम ‘एउटै मिल्यौ हजारौँ हजारमा बजारमा ल्याएको भण्डारीले सुनाए । आफ्ना दर्जनौँ गीतहरू बजारमा आए भने म्युजिक भिडियोमा पनि उत्तिकै हेर्न पाइने भण्डारीले बताए । २०६६ सालमा ‘मेरी गंगा’ नामक नेपाली कथानक चलचित्र निर्माण तथा निर्देशन गरेका भण्डारीलाई चलचित्रले भने व्यापारमा सन्तुष्टि नमिले पनि दर्जनौँ सिनेमामा काम पाएको भण्डारीले सुनाए ।
प्रतिक्रिया