काठमाडौं । नेपालमा अब जिरो बी ब्राण्डको पानी उपलब्ध हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजना गरिएको उद्घाटन समारोहमा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी (Zero B) ब्राण्डको पानी लञ्च (Launching) गरेका हुन् ।
उक्त कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति, र ब्यापारीहरूको उल्लेखनीय सहभागिता थियो । जसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको बताइएको छ ।
प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा बढी (38±) वर्षको अनुभवसहित (*ZeroB- *Ion Exchange India Ltd*) जिरो बी लाेन एक्सचेन्ज इन्डिया लिमिटेडको प्रमुख ब्राण्ड रहेको छ ।
पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीहरुको अत्याधुनिक प्रविधिका लागि जिरो बी परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरुको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत गर्ने बताइएको छ ।
प्रतिक्रिया