संयुक्त सहभागितामा सहकारी दिवस मनाइने

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा ६८औँ राष्ट्रिय सहकारी दिवस सरकार र सहकारी अभियानको संयुक्त पहलमा २० चैतमा मनाउने भएको छ । यस वर्षको राष्ट्रिय सहकारी दिवस ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने थिमका साथ मनाइँदै छ ।

‘यस अभियानको उद्देश्य सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन, सामाजिक उत्तरदायित्वजस्ता मूल्य–मान्यतामा आधारित बनाई नेपाली समाजको समृद्धि र समान अवसरयुक्त आर्थिक विकास मा टेवा पु¥याउनु हो’ अध्यक्ष मल्लले भनिन् । सहकारी आन्दोलनलाई सशक्त बनाउन सरकार र सहकारी क्षेत्रको सहकार्य अपरिहार्य भएकाले यसपटकको दिवसलाई सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने गरी मनाउने जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको संयोजकत्वमा र महासंघका अध्यक्ष ओमदेवी मल्लको सह–संयोजकत्वमा मूल समारोह समिति गठन गरिने भएको छ । नेपालको सहकारी अभियानलाई आर्थिक स्थायित्व, सामाजिक समावेशिता, तथा समुन्नत समाज निर्माणको आधारशीला बनाउने लक्ष्यका साथ यस वर्षको दिवस नीतिगत सुधार, सशक्त सहकारी प्रवद्र्धन, र सहकारीहरूबीच समन्वयात्मक विकास मा केन्द्रित गरिनुपर्ने जानकारहरूको सुझाव छ ।

अभियानलाई प्रभावकारी बनाउन सरकार, सहकारी संघ–संस्थाहरू, सहकारी सदस्यहरू, नीति निर्माता, तथा नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया