इस्कोन नेपालमा मनाइयो पुष्प होली (तस्विरहरु)

काठमाडौं । संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरि होली मनाउँदै गर्दा नेपालको राजधानी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सव शुक्रबार आयोजना गरिएको छ ।

इस्कोन नेपालले भगवान चैतन्यको ५३९औँ जन्मजयन्ती मनाउनको लागि सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा सफलतापूर्वक आयोजना भएको छ ।

भगवान चैतन्य महाप्रभु स्वयं कृष्ण छन् जो यस कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट भएको कार्यक्रम बुढानिलकण्ठ, काठमाडौं मन्दिरमा भएको थियो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया