काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा जारी भएको हो ।
उपाध्यक्ष सापकोटामाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ भइरहेको हो ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । अर्जुनकी पत्नी पूर्णमाया लामा,कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो ।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।
प्रतिक्रिया